समाचार

संयमित नभए बल प्रयोग गर्ने भन्दै कानुन व्यवसायीलाई प्रहरीले दियो चेतावनी

२८ कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलिन कानुन व्यवसायीको आन्दोलनले सर्बाेच्चमा उग्ररुप लिएको छ । धर्नामा बसेका कानुन व्यवसायी त्यहाँबाट उठेर अगाडी बढ्न खोजेपछि स्थीति तनावपुर्ण भएको हो ।

अवस्था नियन्त्रण बाहिर जान लागेको भन्दै संयमित नभए बल प्रयोग गर्ने प्रहरीले माईकिङ गर्दै चेतावनी समेत दिएको छ । यसअघि आजै न्यायाधीशको धर्नामा प्रहरीले हस्तक्षप गरेको थियो । बारका अध्यक्षले सम्बोधन गर्ने क्रममा प्रहरीले माईक स्पीकर खोसेको थियो ।

साथै प्रहरीले माईक प्रयोग नगरि कोणसभा गर्न भनेपछि केहीबेर स्थीति तनावपुर्ण भएपनि अहिले कानुन व्यवसायीले माईक नै प्रयोग गरेर कोणसभा गरिरहेका छन् । अहिले अवस्था केशी शान्तिपुर्ण भएको बताईएको छ ।