२८ कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आजपनि सर्बाेच्च अदालत प्रवेश गरेका छन् । राजीनामा माग्दै कानुनव्यवसायीको आन्दोलनका बिच जबरा फरक गेटबाट प्रवेश गरेका हुन् ।
उनि एक नम्बर गेटहुँदै प्रवेश गरेका हुन उक्त गेटमा प्रहरीले कानुनव्यवसायीलाई धर्ना गर्न दिएको थिएन ।
आन्दोलित कानुन व्यवसायी भने सर्बाेच्चको मुख्य गेटमा धर्नामा बसेका छन् । यसअघि बिरोधकाबिच शुक्रबार पनि बैकल्पिक बाटो हुँदै जबरा सर्बाेच्च प्रवेश गरिेका थिए ।





