समाचार

सर्बाेच्च भित्र जबराबिरुद्ध प्रदर्शन बाहिर सर्मथनमा नारा जुलुस

२८ कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको समर्थनमा कानुन व्यवसायीले प्रदर्शन गरेका छन् । सर्बाेच्च परिसरभित्र जबराबिरुद्ध प्रदर्शन भईरहेको समयमै सर्बाेच्च बाहिर भने जबराको समर्थनमा कानन व्यवसायीले नारा लगाएका छन् ।

साथै जबराका पक्ष र विपक्षका कानुन व्यवसायीबिच सर्बाेच्च बाहीर बाझाबाझ समेत भएको छ । थोरै मात्रामा जबराको सर्मथमा उत्रिएका कानुन व्यवसायीले नागरिकको न्याय रोक्न पाईदैन भन्ने प्लेकार्ड समेत बोकेका छन् ।

जबराको राजीनामा माग्दै आन्दोलित नेपालबार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई बिचौलियाको समेत संज्ञा दिएको छ ।