समाचार

मुस्ताङको थाङसाङमा भयानक हिमपहिरोः भागदौडमा ९ जना घाईते

२८ कार्तिक, काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ याङ्दान खर्कमा भयानक हिमपहिरो गएको छ । हिमपहिरो आएपछि भाग्‍ने क्रममा ९ जना घाईते घाइते भएका छन् ।

घाइतेहरुको जोमसम अस्पतालमा उपचार भइरहेको बताईएको छ । पहिरोबाट चौरी गोठ तथा गोठालाहरुलाई क्षति भएको हो भन्‍ने आशंका गरिपनि बिस्तृत विवरण भने प्राप्त भएको छैन ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली त्यसतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिएका छन् ।

पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घण्टा लाग्‍छ । घट्ना बिहान साढे १० बजेदेखि ११ बजेतिर भएको हुनसक्ने र थप विवरण आउन बाँकी रहेको छ ।