समाचार

दिउँसो १ बजेका लागी बोलाईएको कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु भएन

२८ कार्तिक, काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको आजको बैठक अन्यौल बनेको छ । कांग्रेसको आज दिउँसो १ बजेका लागि तय गरिएको केन्द्रीय कार्यसमितिको बैठक अझै सुरु हुनसकेको छैन ।

सानेपामा बोलाइएको बैठक अन्तिम समयमा प्र्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सारिएको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल बूढानीलकण्ठ प्रवेश गरेपछि अहिले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बसिरहेको छ । केन्द्रीय सदस्यहरूलाई कुराएर नेताहरू बूढानीलकण्ठमै अर्को कोठामा छुट्टै बैठक बसेका हुन् ।

विधानमा प्रत्येक दुई महिनामा बस्नुपर्ने भनिएको केन्द्रीय समितिको बैठक तीन महिनापछि बस्न लागेको हो ।