२९ कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित नेपाल बार एसोसिएसनले आजपनि जबराबिरुद्ध प्रदर्शन गर्दै छ ।

बारको अगुवाईको कानुन व्यवसायीहरुले आजपनि सर्बाेच्चमा बिरोध गर्ने भएपछि अहिले सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी पनि बढाइएको छ ।
यस्तै, आजै केहीबेर अघि मात्रै सर्वोच्चको गेट अगाडि प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्रेर लगेको छ ।

उनीहरुले कानुन व्यवसायीहरुको जारी आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले दुई सातादेखि धर्ना दिँदै आएको छ ।





