पु.समाचार

सर्वसम्मत नेतृत्व चयनका लागि पौडेल पक्ष फेरी जुट्यो चाक्सीबारीमा

२२ मंसिर, काठमाडौं । सर्वसम्मच नेतृत्व चयनको कसरतमा रहेको पौडेल पक्ष फेरी छलफलमा जुटेको छ । कांग्रेसको संस्थापन इतर (पौडेल) पक्षका नेताहरुबीचको बैठक सुरु केहीबेर अघिदखी सुरु भएको छ ।

१४औं महाधिवेशनमा सभापति सहित पदाधिकारीका साझा उम्मेदवार तय गर्न संस्थापन इतर पक्षका नेताहरु सोमबारदेखि निरन्तर छलफलमा छन् ।

पौडेल पक्षका नेताहरुले बुधबार बिहान नवनिर्वाचित तथा निवर्तमान जिल्ला सभापति, नवनिर्वाचित प्रदेश सभापति र केन्द्रीय समिति सदस्यहरुसँग छलफल गरेका थिए । आज बिहानको छलफलबाट प्राप्त सुझावका आधारमा साझा उम्मेदवार तय गर्न भनेर नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा नेताहरु भेला भएका हुन् ।

बैठकमा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालासहित केही केन्द्रीय सदस्यहरु पनि सहभागी छन् ।