२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आफ्ना समर्थक र शुभेच्छुकसहित निधि सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । निधिले सभापतिमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उनले प्यानल नै खडा गरेका भने छैनन् ।





