अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट छोटो समय ह्याकः कार्यालय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर एकाउन्ट छोटो समय ह्याक भएको उनको कार्यालयले आइतबार बिहान पुष्टि गरेको छ। प्रधानमन्त्री @narendramodi को ट्विटर ह्यान्डल छोटो समय ह्याक भएको र त्यसबाट प्रसारित कुनै पनि सन्देशलाई बेवास्ता गर्नुपर्ने जनाइएको छ ।

प्र म मोदीका दुई ट्विटर अकाउन्टहरू छन् @narendramodi र @PMOIndia। जहाँ @PMOIndia का ४५.४  मिलियन फलोअर्स छन्, भने @narendramodi का ७३.४ मिलियन भन्दा बढी फलोअर्स छन्। भारतीय प्रधानमन्त्री प्रायः आफ्नो सरकारका प्रमुख घोषणा वा निर्णयहरू प्रसारित गर्न ट्विटर प्रयोग गर्ने गर्छन् ।