ब्रेकिङ न्युज

बालेन सरकारले किशोर थापालाई गर्‍योत्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्त

१७ असार, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ ।

लामो समयदेखि रिक्त रहेको उक्त पदमा सरकारले नयाँ नियुक्ति गरेको हो । यसअघि अध्यादेशमार्फत तत्कालीन सेवा आयोग अध्यक्षलाई पदमुक्त गरेपछि आयोगको अध्यक्ष पद रिक्त रहँदै आएको थियो ।

नवनियुक्त अध्यक्ष थापा नेपाल सरकारका पूर्वसचिव हुन् । उनी पूर्वाधार विकास तथा सार्वजनिक नीति क्षेत्रमा विज्ञका रूपमा परिचित थिए ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी छनोट, नियुक्ति र सम्बन्धित प्रशासनिक प्रक्रियाको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।