१७ असार, काठमाडौं । बालबालिकालाई सदस्यता दिएकोबारे रास्वपाले प्रस्टीकरण दिएको छ ।
मानवअधिकार आयोगलले प्रकरणमा चासो राख्दै पत्र काटेलगत्तै रास्वपाले प्रस्टीकरण दिएको हो ।
महामन्त्री विपिन आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा बालबालिकालाई पार्टी सदस्यता दिने नीति नभएको सपष्ट पारिएको छ । उनले १८ वर्ष नपुगेकाहरूलाई भुलवश पार्टी सदस्यता दिइएको भए खारेज गरिने पनि उल्लेख गरेका छन् ।
पार्टी सदस्यताका लागि जोकोहीले आवेदन दिन सक्ने तर त्यसको प्रमाणीकरण गर्ने संयन्त्रलाई बलियो पारिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।







