पु.समाचार

कांग्रेस महाधिवेनशः मतदानको समय ४ घण्टा थपियो, राति ९ बजेसम्म

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको मतदानको समय राति ९ बजेसम्मलाई थपिएको छ । बिहान ८ बजे गर्ने भनिएको मतदान ढिला गरि सुरु भएपछि मतदानको लागि समय ४ घण्टा थपिएको हो ।

बिहान ८ बजेबाट सुरु भई ५ बजेसम्म मतदान सक्ने कार्यतालिका भएपनि बिहान ११ बजेदेखीमात्रै मतदान सुरु भएको थियो ।

मतदानस्थल राष्ट्रियसभा गृह र भृकुटीमण्डप क्षेत्रमा मतदान अवधि थप गरिएको भनी माइकिङ गरिएको छ । यस्तै बेलुकी ५ बजेसम्म १९९३ जनाले मत खसालेका प्रचार समिति संयोजक सुरेश आचार्यले जानकारी दिएका छन् । मतदान सकिएपछि लगत्तै मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।