पु.समाचार

सिंगो पार्टीको सभापति बन्न देउवालाई नेता केसीको सुझाव

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवालाई सिंगो पार्टीको सभापति बन्न सुझाव दिएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै नेता केसीले देउवालाई कुनै झुण्डको मात्रै नभई सिंगो पार्टीको सभापति बन्न सुझाव दिएका हुन् ।

दोस्रो पटक सभापतिमा विजयी भएकोमा देउवालाई शुभकामना दिँदै सफल कार्यकालको कामना पनि गरेका छन् । केसीले देउवालाई पार्टीलाई विचार प्रदान गर्न आग्रह गर्दै पार्टीलाई व्यक्ति प्रधान नभएर नीती प्रधान बनाए मात्रै आफुहरुले सहयोग गर्ने बताएका छन् ।