आर्थिक

नबिल बैंक र राष्ट्रिय युवा परिषदको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम

२ पुस, काठमाडौं । जुम्ला जिल्लाको तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उद्येश्यका साथ सुरु भएको उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धि ६ दिने तालिम कार्यक्रम समापन भएको छ । यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।

तिला गाउँपालिकाका अध्यक्ष रतन नाथ योगीकोे अध्यक्षता सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व राज्य मन्त्री बल बहादुर महत, विशेष अतिथिको रुपमा नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अन्य विशिष्ट व्यत्तित्वहरुको उपस्थिती रहेको थियोे । महिलाहरुको उलेख्य सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरु तालिममा मात्र सहभागी नभएर, घर परिवारका सदस्यहरुलाई समेत तालिममा सहभागी गराएका थिए । उक्त कार्यक्रममा बोल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए ।

त्यस्तै, नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले उपस्थित युवा र महिलाहरुलाई आङ्खनोे क्षमतालाई कम आकलन नगरी राम्रो उद्यमी बन्न शुभकामना दिनुभयो । नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौको कारोबार गरिरहेको उदाहरण दिदै ठुलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न आग्रह गर्दै उनले उद्यमशिलता विकास र स्वरोजगार प्रवद्धनमा नबिल बैंकको सधै साथ रहने बताए ।

जुम्लाबासीको उत्साहपूर्ण सहभागिताको सम्बन्धमा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले उनिहरु सक्रिय रुपमा सहभागी मात्र नभई आङ्खना वित्तीय आवश्यकताका बारेमा पनि खुलेर चर्चा गर्नु भएको बताएका थ्एि । उनले कार्यक्रममा सहभागी हुन टाढाटाढाबाट कोही लौरो टेकेर त कोही बच्चा च्यापेरसमेत आएको देख्दा उत्साहित भएको बताए । उनका अनुसार, त्यहाँ स्याउ, ओखर, मार्सी चामल, आरु, आलु, सिमी खेती हुने भएकोले त्यहाँका स्थानीयले ऋण सुविधा मागेको समेत भेडाबाख्रा पालन त्यहाका वासिन्दाको मूख्य ब्यवसाय हुन सक्ने उनले बताए । दिगो बैंकिङ प्रबर्द्धन गरिरहेका कारण नबिल बैंकले स्थानीयलाई आर्थिक तथा वित्तीय सहयोग गर्ने उहा“ले जानकारी गराए ।

तिला गाउँपालिकाले युवा उद्यमका लागि आव्हान गरेको सुचना बमोजिम दरखास्त दिई छनौट भएका युवाहरुलाई २०७८\०८\२० देखि २०७८\०८\२७ सम्म संचालित ७ दिने तालिम प्रदान गरिएको थियो । तालिममा ६३२ जनाले आवेदन दिएका थिए । १९४ परिवारका सदस्यहरु सहभागी भएको उक्त तालिम÷कार्यक्रममा महिलाको संख्या आधाभन्दा बढि रहेको थियो ।