समाचार

मधेसी कोटाबाट विनोद चौधरीसहित पाँचजना निर्वाचित

६ पुस, काठमाडौं । नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा विनोद चौधरीसहित पाँचजना निर्वाचित भएका छन् । अजय चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय र दिनेशकुमार यादव विजयी भएका हुन् ।

चौरसियाले २५२२, चौधरीले २२०६, चन्द्रमोहनले २१३८, रायले १९८४ र दिनेशकुमारले १९५९ मत प्राप्त गरेका छन् ।