प्रदेश 2

कांग्रेस प्रदेश २ अधिवेशनः मतदानको विषयलाई लिएर दुई पक्षबीच झडप

७ पुस, काठमाडौं । नेपाली कांग्रेस प्रदेश नम्बर २ अधिवेशन अन्तर्गत मतदान स्थलमा तनाव उत्पन्न भएको छ । मतदानको विषयलाई लिएर सभापतिका उम्मेद्वार कृष्ण यादव र रामसरोज यादव पक्षबीच झडप भएको छ ।

विमलेन्द्र निधि-शेखर कोइराला समूहले ढिलो भएको भन्दै भोली मतदान गराउने माग गरेको तर शेरबहादुर देउवा समूहका नेताहरूले भने आजै राति नै मतदान गराउनुपर्ने अडान राखेपछि दुई समूहबीच विवाद उत्पन्न भएको थियो । विवादका क्रममा दुई पक्षबीच कुटाकुट भएपछि केही कार्यकर्ता घाईते समेत भएका छन् ।

निर्वाचन आष्योगले प्रदेश २ मा आज निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । निधि समूहबाट रामसरोज यादव र देउवा समुहबाट रौतहटका कृष्णा यादव सभापतिका लागि प्रतिस्पर्धामा रहेका छन् ।