आर्थिक

चिन्तनको प्रश्नः यस्तै पाराले देशलाई राजनीतिक निकास र अग्रगमन तर्फ लग्ला र ?

२३ पौष, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता चिन्तन पौडेलले यस्तै पाराले देशलाई राजनीतिक निकास र अग्रगमन तर्फ लग्ला र ? भन्दै प्रश्न गरेका छन् ।
दलको बैठकमा नबोल्ने, संसदमा नबोल्ने तर बाहिर भट्टी वा गल्ली गल्लीमा बसेर बोल्ने, भासण दिने र गाली गर्ने भन्दै आक्रोश पोखेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपालका दलका नेता ! भनेर आश्चार्य जनाएका छन् । नेपाली काँग्रेस बलियो बनाउन युवा जागरण अभियान चलाउँदै नेतृत्वसमेत गरेका पौडेलले पछिल्लो नेपाली काँग्रेसको राजनीतिप्रति ब्यंग्यात्मक असहमती प्रकट गरेका हुन् ।
चिन्तन पौडेल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा हुन् ।

उनको स्टाटस्ः नेपालका दलका नेता ! दलको बैठकमा नबोल्ने, संसदमा नबोल्ने तर बाहिर भट्टी वा गल्ली गल्लीमा बसेर बोल्ने, भासण दिने र गाली गर्ने । यस्तै पाराले देशलाई राजनीतिक निकास र अग्रगमन तर्फ लग्ला र ?