१८ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको निधन भएको छ । यसै समयमा ५५ सय ८३ जना नयाँ संक्रमितहरु थपीएका छन् ।
पछिल्लो २४ घण्टामा ८२ सय ६७ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।
आज १७ हजार ६७४ जनामा कोरोनाको नमूना परीक्षण गरिएको थियो । आजसम्म सकृय संक्रमितहरुको संख्या ७४ हजार ६५३ रहेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट नेपालमा निधन हुनेको संख्या ११ हजार ७५२ रहेको छ ।





