समाचार

ओली र डा कोइरालाबीच भेटघाट, राजनीतिक रुपमा महत्वपूर्ण

२५ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

कांग्रेस नेता कोइराला आज साँझ ओली निवास पुगेर भेट गरी वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । 

दुई नेताबीच आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।
शेरबहादुर देउवासँग १४ महाधिवेशनमा १८ सय ५छ मत ल्र्यापनि पराजीत भएका प्रभावशाली नेता डा कोईराला र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटलाई राजनीतिक रुपमा महत्वपूर्ण रुपमा लिईएको छ ।