२७ माघ, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एमाले) सम्बद्ध नवलपरासीका विभिन्न पदीय जिम्मेवारीमा रहनुभएका व्यक्तिलाई कांग्रेसको सदस्यता प्रदान गरेका छन् ।
उनले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिना शर्त कांग्रेसमा प्रवेश गरेका लोकतान्त्रिक समाजवादी पार्टीका नगेन्द्र अग्रहरि (नवलपरासी जिल्लाका वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य सङ्घ नवलपरासीका उपाध्यक्ष एवं २०७४ को प्रदेशसभा सदस्य पदका उम्मेदवार), जयप्रकाश सहनी (जिल्ला सचिव), मनोजकुमार गिरी, माया अग्रहरि (केन्द्रीय महिला विभागमा आबद्ध) र धीरज शर्मा (नेकपा एमाले रामग्राम नगर समितिका सदस्य) लगायतलाई सदस्यता प्रदान गरेका हुन् ।





