५ फागुन, सप्तरी । जिल्लाको सप्तकोसी नगरपालिका कार्यालयमा आज चार राजनीतिक दलले तालाबन्दी गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा ९एकीकृत समाजवादी०ले संयुक्तरूपमा नगर प्रमुखको कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा ताला लगाएको हो ।
नगरपालिकामा महालेखा परीक्षणमा बेरुजु रहेकाले आन्तरिक लेखा परीक्षणको विवरण उपलब्ध गराउनुपर्ने, कोभिड नियन्त्रणमा भएको खर्च विवरण उपलब्ध गराउनु पर्नेलगायतका छ बुँदे माग राजनीतिक दलहरूले राखेका छन् ।
यसैगरी कार्यपालिका र नगरसभाबाट पारित गरेका निर्णयहरुको विवरण उपलब्ध गराउनुपर्ने, राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरको भवन निर्माणको मापदण्डअनुसारको ठेक्का प्रक्रिया पारदर्शी गर्नुपर्ने, अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च व्यावस्थापनको विवरण उपलब्ध गराउनुपर्ने र आर्थिक वर्ष २०७८÷७९ मा नगरभित्रका ११ वटै वडाका योजनाको कार्यान्वयन तुरुन्त गर्नुपर्ने माग छन् ।
तालाबन्दी गर्ने राजनीतिक दलहरूले गत माघ २४ गते ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र विवरण उपलब्ध गराउन ‘अल्टिमेटम’ दिएको थियो । ज्ञापनपत्र बुझाएको ११ दिन बितिसक्दा पनि माग सम्बोधन नभएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको सङ्घर्ष समितिका संयोजक युवराज खनालले बताए । नगरपालिकाले सङ्घर्ष समितिसँग वार्ताको माध्यमले समस्या समाधान गर्ने नगर प्रमुख उत्तम गौतमले बताए।
सप्तकोसी नगरपालिकामा तालाबन्दी
५ फागुन, सप्तरी । जिल्लाको सप्तकोसी नगरपालिका कार्यालयमा आज चार राजनीतिक दलले तालाबन्दी गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)ले संयुक्तरूपमा नगर प्रमुखको कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा ताला लगाएको हो ।
नगरपालिकामा महालेखा परीक्षणमा बेरुजु रहेकाले आन्तरिक लेखा परीक्षणको विवरण उपलब्ध गराउनुपर्ने, कोभिड नियन्त्रणमा भएको खर्च विवरण उपलब्ध गराउनु पर्नेलगायतका छ बुँदे माग राजनीतिक दलहरूले राखेका छन् ।
यसैगरी कार्यपालिका र नगरसभाबाट पारित गरेका निर्णयहरुको विवरण उपलब्ध गराउनुपर्ने, राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरको भवन निर्माणको मापदण्डअनुसारको ठेक्का प्रक्रिया पारदर्शी गर्नुपर्ने, अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च व्यावस्थापनको विवरण उपलब्ध गराउनुपर्ने र आर्थिक वर्ष २०७८/७९ मा नगरभित्रका ११ वटै वडाका योजनाको कार्यान्वयन तुरुन्त गर्नुपर्ने माग छन् ।