समाचार

काँग्रेसले भन्यो संसदभवन आउँदा आन्दोलनकारीको अवरोधतिर नयाँबानेश्वरको बाटो प्रयोग नगर्नु

१२ फागुन, काठमाडौं । नेपाली काँग्रेसले आफ्ना साँसदहरुलाई हनुमानस्थान, थापागाउँ, माईतीघरको बाटोबाट संसदभवन जान आग्रह गरेको छ।
आज संसद भवन नयाँबानेश्वरमा छलफलका लागि टेवल भएको एमसीसी परियोजनाको बिषमयमा उपस्थिति हुँदा नयाँ बानेश्वरतिरको बाटोमा आन्दोलन हुँदा अवरोध हुने भन्दै उक्त बाटो भन्दा थापागाँउतिरको बाटो प्रयोग गर्दा राम्रो हुने सल्लाहसहित एसएमएस गरेको हो । केहीदिनदेखी नै नयाँ बानेश्वरतिरको बाटोमा एमसीसीको बिरोधमा आन्दोलन भईरहेको छ ।
उक्त बरोध हुने बाटो प्रयोग नगर्न काँग्रेसले आफ्ना पार्टीका साँसदलाई आग्रह गरेको छ ।