समाचार

व्याख्यात्मक प्रस्तावका साथ सदनमा जाने समाजवादीको निर्णय

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले एमसिसी परियोजना मुलुकको संविधान र कानूनको परिधिभित्र रहने गरी व्याख्यात्मक प्रस्तावका साथ प्रतिनिधिसभामा प्रस्तुत हुने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज भएको स्थायी कमिटी बैठकले परियोजनालाई अमेरिकी सैन्य रणनीतिको अङ्ग नमान्ने र आर्थिक सहायताका रुपमा हुनुपर्ने निर्णय गरेको हो । पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार व्याख्यात्मक प्रस्तावमा राष्ट्रियताका पक्षमा विभिन्न निर्णय गरिएको छ ।  सर्वसम्मत हुन नसकेका कतिपय विषयप्रति केही नेताले असन्तुष्टि भने व्यक्त गरेका थिए ।