१८ फागुन, संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनलाई मानवीय सहयताका लागि आग्रह गरेका छन ।उनले अहिले युक्रेन अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा विश्वले नै सहयोग गर्नुपर्ने बताए
उनले भनेका छन– युक्रेनलाई हामी सबै विश्वले सहयोग गर्नुपर्ने अवस्था आएको छ, युक्रेन अहिले निकै कठिन अवस्थाबाट गुज्रिएको छ । उनले रुसको सैन्य आक्रमणबाट त्यहाँका दशौँ हजार जना नागरिक विस्थापित भइसकेका भन्दै उनीहरुको सहयोगका लागि विश्व समुदाय लाग्नुपर्नेमा जोड दिए ।





