२३ फागुन, काठमाडौं । जनरल इन्स्योरेन्सको अर्धबार्षिक मार्केटिङ कन्फरेन्स सम्पन्न भएको छ । पोखराको होटेल एल्लो प्यागोडा पोखरामा देशै भरका बजार विभागका कर्मचारीहरु, उच्च व्यवस्थापक तथा संचालक सदस्यहरु समुपस्थितिमा उक्त कन्फरेन्स सम्पन्न भएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा शाखा कार्यलयहरुको बिगत बर्षहरुको समिक्षा, कार्यप्रगति, समस्या र त्यसका समाधान र आगामी बर्षका रणनितिक योजनाहरु पनि छलफल भएको थियो ।
कार्यक्रममा उत्कृष्ट शाखा र उत्कृष्ट बजार कर्मचारीलाई पनि सम्मान सहित ताम्र पत्र प्रदान गरेको थियो । संचालक ज्ञानेश्वर आचार्यले कार्यक्रम राम्रो भएको, शाखा कार्यलयहरुको समिक्षा सकेसम्म त्रैमाशिक अवधिमा कार्य समिक्षा समय सापेक्ष हुने र योजना पनि यथार्थपरक हुने बिषयमा जोड दिए । बजारमा गरिएका अनावश्यक हल्लाहरुको पछि नलाग्न र दत्त चित्त भई कम्पनीको योजना र उद्येश्यमा अघि बढ्नको लागि हौसला प्रदान गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत शाखा तथा कर्मचारीहरुलाई बधाई दिँदै सम्पूर्ण शाखाका कर्मचारीहरुलाई उच्च मनोबल राखी, हल्लाको पछि नलागी, अनुसाशित रुपले उत्कृष्ट कार्यसम्पादन गर्नु पर्नेमा जोड दिए र कम्पनीको लक्ष्यमा पुग्नको लागि अहोरात्र खट्न पनि अनुरोध गरे ।





