आर्थिक

“वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”


गेहेन्द्र बहादुर बस्नेतको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी अनुप पाण्डे भएको बैकिङ कसुर मुद्धा, जिल्ला प्रहरी कार्यालय दाङ, घोराहीमा दर्ता भई सम्मानित उच्च अदालत तुलसीपुरबाट पक्राउ अनुमती जारी भएको तथ्य ईनजिनियरिङ्ग एण्ड ईन्फ्रा प्रोजेक्ट प्रा.लि. बाट साईड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका जिल्ला दाङ तुलसीपुर उप(महानगरपालिका वडा नं.८ अश्वार बस्ने अं. बर्ष ३० को अनुप पाण्डेले जाहेरवालाको सवारी साधन प्रयोग गरी सवारी साधनको भाडा बापतको रकम रु.१,४४,१७,७७६।( (एक करोड चौवालिस लाख सत्र हजार सात सय छहत्तर) मध्ये सानिमा बैकको प्रयाप्त मौज्दात नभएको चेक मार्फत रु।१,०८,५७,७७६।( (एक करोड आठ लाख सन्ताउन्न हजार सात सय छहत्तर) रकम भएको चेक दिई बैकिङ कसुर गरेको मुद्धामा निज प्रतिबादीलाई जिल्ला काठमाण्डौं, का.म.न.पा.-३२, काँडाघारीबाट पक्राउ गरेको छ । साथै थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय दाङ, घोराही पठाईने छ ।