आर्थिक

महालक्ष्मी विकास बैंकद्वारा नन्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग


१ चैत, काठमाण्डौ । विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदै यस बैंकको दरवारमार्ग शाखाले नक्साल, काठमाण्डौ स्थित श्री नन्दी माध्यमिक विद्यालयलाई खेलकुदका सामाग्री तथा पानी ट्याङ्कीका लागि रु ५०,०००/-बराबरको आर्थिक सहयोग प्रदान गरेको हो । विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त सहयोग रकम प्रदान गरिएको हो । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा सँगसँगै शारिरिक तथा बौदिक विकासकालागि खेलकुद अपरिहार्य भएको र कोभिड ̵ १९ को जोखिमलाई न्युनिकरण तथा अन्य संक्रमित रोगबाट बच्न सहयोग पुग्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको कुरा दरबारमार्ग शाखा प्रबन्धक प्रकाश घिमिरेले बताए । यस सहयोगबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुको स्वास्थ्य जिवनयापनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गीता काफ्लेले बैंकले विद्यालयलाई विगतमा पनि बास्केटबल कोर्ट तथा टेबल टेनिस कोर्ट तयार गर्न सहयोग गरेको व्यहोरा जानकारी गराउदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गरे । बैंकको कर्पोरेट कम्युनिकेशन विभागका प्रमुख अमित कुमार झाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा तथा खेलकुद अपरिहार्य रहेको बताउदै यस सहयोगले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र Dollar card जारी गरीसकेको छ । समग्रमा chip based travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको छ ।