मनोरञ्जन

दृष्टीबिहिन गायिका सरिताको पीडादायिक गीत ‘तारे भरि’ सार्वजनिक

३ वैशाख, काठमाण्डौ । समाजको पछिल्लो परिभेषलाई देखाउने प्रयत्न तारे भिर गीतले गरेको छ । छिमेकी केटासंगको अनैतिक सम्बन्धबाट गर्भ रहि एक नारीलाई त्यस समाजमा बाँच्न गाह्रो भएको हुदा केटीले आत्महत्याको प्रयास गरेको भिडियोमा देखाइएको छ । केटासंगको सम्बन्ध परिवारले थाहा पाए पछि परिवारले अर्को केटासंग विवाह गरिदिन्छन । केटीले गर्भ बसेको कुरा केटालाई बारम्बार भन्दा पनि वेवास्ता गरेकाले केटीले आत्महत्याको प्रयास गरेको दृष्यलाई समेटिएको छ। सरिता दानकुुटी र आरके बसौलाको प्रमुख भूभिका रहेको उक्त गीतमा कृष्णप्रसाद गौतम र सरिता अधिकारीको स्वर रहेको छ । सुबास अम्गाईको निर्देशन तथा सम्पादन र गणेश सापकोटाको छायंकन रहेको गीत तारे भीरको दिवस थापामगरले एरेन्ज गरेका छन ।