अन्तर्राष्ट्रिय

तीन महिनामा छ जनालाई गोहीले खायो


५ बैशाख, दार एस सलाम । तान्जानियामा यो वर्ष सुरु भएपछिको पहिलो तीन महिनामा एक नदी छेउमा कम्तीमा छ जनालाई गोहीले खाएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार ती नागरिक त्यहाँको किबाहा जिल्लाको एक नदी किनारमा कामका सिलसिलमा पुगेका बेला नदी किनारमा उनीहरुलाई गोहीले आक्रमण गरेको हो ।

सो जिल्लाका प्रहरी अधिकारीले दिएको जानकारीअनुसार यसै वर्षको जनवरीदेखि मार्चसम्ममा ती नागरिकलाई गोहीले आक्रमण गरेको थियो । त्यहाँको किमारासिले गाउँका प्रमुख सालुम बुंगोले त्यस गाउँका नागरिकलाई यसअघि पनि गोहीले आक्रमण गरी घाइते बनाउने गरेको थियो ।

बुंगोले आफ्ना बुबा पनि गोहीको आक्रमणमा परेको बताए। उनले गोहीले आक्रमणमा परी मृत्यु भएका छजना मध्ये आफ्ना पिता पनि एक भएको बताए । उनले त्यहाँका नागरिकले गोहीबाट हुने यस प्रकारको हमलाबाट सुृरक्षाका लागि सरकारसँग आग्रह गरिरहेका पनि जानकारी दिए ।