१३ बैसाख, इनरुवा । नेपाली काँग्रेसले सुनसरीको सदरुमुकाम इनरुवा नगरको मेयरमा जिल्ला सभापति केदार भण्डारीलाई उम्मेद्वार बनाएको छ ।
यसभन्दा अघि मेयरमा बिजयी भएका राजन मेहता पनि टिकटको रेसमा भएपनि मेहतालई टिकट नदिई सभापति भण्डारीलाई टिकट दिएको हो ।
नेपाली काँग्रेसको दुई कार्यकाल सुनसरी सचिव भएर पछिल्लो १४ औं महाधिवेशनमा सभापतिमा बिजयी भएका भण्डारीले मेयरम टिकट पाउनु इनरुवाका स्थानीयको लागि सकारात्मक भएको स्थानीय काँग्रेस नेताहरुको बुझाई छ ।
यस्तै उपमेयरमा बिनितादेवी मेहताले टिकट पाएकी छन् । उनी इनरुवाकी पुर्व नगर सभापतिकी बुहारी हुन् । नेपाली काँग्रेसमा इनरुवाकी काँग्रेस परिवारकी नेतृ रहेकी बिनिता कुमारी मेहता स्थानीय तहमा लोकप्रीय रुपमा रहेकी छन् । बिनिताका श्रीमान योगेन्द्र मेहता पनि इनरुवाका लागि मेयरमा प्रत्यासीका रुपमा थिए । सभापति भण्डारीलाई समर्थन गर्दै पछाडि हटेका थिए । नेपाकी काँग्रेस इनरुवामा मेयर उपमेयरका काँग्रेस प्रत्याशीहरु सर्बसम्मत रुपमा मेयर बनेका हुन् ।
काँग्रेसको गढ मानिने इनरुवा नगरपालीका काँग्रेस केन्द्रीय सदस्य राजीव कोईरालाको गृहनगर पनि हो । राजीव कोईरालाको गढ मानिने सुनसरीको इनरुवामा नेपाली काँग्रेसका बरिष्ठ केन्द्रीय सदस्यद्वय बिजय कुमार गच्छदार र ज्ञानेन्द्र बहादुर कार्कीकोसमेत समर्थनमा सभापति भण्डारीको मेयर र नेतृ मेहताले उपमेयरमा टिकट पाएका छन् ।
काँग्रेसका युवा नेता राजन मेहताले ५ बर्षे कार्यकालमा राम्रो काम गरेका भएपनि उनलाई पछाडी पार्दै सभापति भण्डारीले टिकट पाएका छन् । राजन मेहता प्रदेश वा अन्य कुनै स्थानमा निर्बाचन लड्ने मनशायमा रहेको उयनका निकटतमको बुझाई छ ।
जिल्ला सभापतिमा पराजीत भएका सञ्जय श्रेष्ठको इनरुवामा महत्वपूर्ण भूमिका भएकोले उनकाने पनि समर्थनमा सभापति भण्डारीले टिकट पाएकाले कुनैपनि हालतमा इनरुवामा काँग्रेसले बिजय हाँशिल गर्ने स्थानीय बुद्धिजिवीको ठहर छ ।
सुनसरीका १२ वटा स्थानीय तह मध्ये बिगतमा ९० वटा बिजय गर्न सफल सुनसरीलाई यसपटक पनि आफ्नो बाहुल्यता जोगाउन चुनौती छ ।





