१३ बैसाख, दुहबी । १४ औ माहाधिबेशन बाट नेपाली काङ्ग्रेस दुहबी नगर सभापतिमा निर्वाचित भएका बेद नारायण गच्छदारले पार्टीको नगर सभापति पद बाट राजिनामा दिएका छन्।
आज नेपाली काङ्ग्रेसको जिल्ला पार्टी कार्यलयमा पुगि पार्टी सभापति केदार भन्डारी र सचिव बिरेन्द्र कुमार साहलाई भेटेर राजिनामा पत्र बुझाएका छन ।
आसन्न बैसाख ३० गते हुन गैरहेको स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस को तर्फबाट दुहबी नगरपालिकाको मेयर पदमा लड्न पार्टीले बिश्वास गरि टिकट दिएको हुँदा पार्टी को नैतिकता उच्च राख्न साथै चुनावमा बिजयिहासिल गराउन चुनावी प्रचार प्रसार गर्नुपर्ने हुदा पार्टी को काम कारवाही मा अबरोध हुन सक्ने भन्दै राजीनामा दिएको उक्त राजीनामा पत्रमा उल्लेख छ।
पार्टी लाई चलायमान गराउन र सँगठनको भुमिकालाइ थप सशक्त बनाउन सभापति पद बाट राजिनामा दिएर मार्ग प्रसस्त गरिदिएको गच्छदार ले बताएका छन। सभापति पदमा आफू नरहेपनि पार्टी का आन्तरिक तथा साङ्गठनिक गतिविधि चलायमान ग्राउन प्रत्यक्ष अप्रत्यक्ष साथ सहयोग रहने समेत उनले बताएका थिए।






