१९ वैशाख, काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्घक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनाका इकाईहरुको खरिद/बिक्रिलाई अझै सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेड लाई सामूहिक लगानी कोष नियमावली तथा सो अन्र्तगतको निर्देशिका बमोजिम योजनाको वितरक (एजेन्ट) को रुपमा नियुक्त गरेकोे छ ।
यस अघि “एनआईबिएल सहभागिता फण्ड” योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडका तोकिएका शाखाहरु मार्फत हुदै आइरहेको छ ।
विगत २ वर्ष भन्दाबढी समयदेखि एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित यस योजनाले नेपालकै पूँजीबजारमा पहिलो खुलामुखी योजनाको परिचय बनाउन सफल भएको छ भने यस योजनाले संचालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाईधनीहरुलाई ८.२५ प्रतिशत र दोस्रो आर्थिक वर्षमा ५० प्रतिशत नगद लाभांश प्रदान गरिसकेको छ । यस योजनामा लगानी गर्न लगानीकर्ताहरुले क्यापिटलको वेवसाईट ( www.niblcapital.com) मा गई विद्युतीय प्रणाली मार्फत पनि लगानी गर्न सक्दछन् भने भुक्तानीको लागिEsewa, Khalti, Connect IPS, Thaili / Nepal Investment Bank Ltd को E-Banking प्रयोग गर्न सक्नेछन् । लगानीकर्ताहरुले यस योजनामा लगानी गर्न व्यवस्थित लगानी योजना ९क्थकतझबतष्अ क्ष्लखभकतmभलत एबिल० मार्फत दर्ता भई नियमित रुपमा पूर्व निर्धारण रकम लगानी गर्न सक्ने व्यवस्था समेत रहेको छ ।





