काठमाण्डौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसँगको चुनावी तालमेलको सम्भवना अझै बाँकी रहेको बताएका छन् । रिपोर्टस क्लब नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै नेता यादवले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेता यादवले लोकतान्त्रिक गठबन्धन बनाउने भनिए पनि कांग्रेसले उदारता देखाउन नसकेको बताए । उनले मधेसमा राजपा र फोरमसँग चुनावी तालमेल गरे कांग्रेसलाई फाइदा हुने समेत बताए ।
उनले भने, ‘अन्तिम समयसम्म पनि हामी तालमेल गर्न तयार छौ, यसले कांग्रेसलाईनै फाइदा पुग्छ ।’





