२३ वैशाख, काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई देशका विभिन्न स्थानहरुमा ४५ प्रतिशत सम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसंग सम्झौता गरेको हो ।
सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुले होटल तथा रेस्टुरेन्ट अन्र्तगत Purple Haze Restro and Garden, एयरपोटचोक, विराटनगरमा १५ प्रतिशत, Mitho Restaurant and Thakali Kitchen, वित्र्तामोडमा १० प्रतिशत, Nobel Hotel and Swimming Complex Pvt. Ltd., इमाडोलमा १० प्रतिशत, Meeting Point Restaurant & Bar, वित्र्तामोडमा ५ प्रतिशत, Hotel Earth Light Pvt. Ltd., सौरहा, चितवनमा २० प्रतिशत, Chicken Station, इमाडोलमा १० प्रतिशत तथा Solmari Restro & Meeting Pvt. Ltd., इमाडोलमा १५ प्रतिशत को छुट पाउनेछ ।
अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत Medicity Pharmacy, वित्र्तामोडमा १० प्रतिशत, Ramjanaki Hospital Pvt. Ltd., जनपुरमा १५ प्रतिशत तथा Namo Manakamana Dental and Clinic Pvt. Ltd., इमाडोलमा २५ प्रतिशतको छुटको ब्यवस्था रहेको छ ।
साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुले विराटनगरको पिपलचोकमा रहेको Tanashqa Fashion Studio मा १५ प्रतिशत छुट पाउनेछ । जिम/फिटनेस सेन्टर अन्र्तगत Shapes Fitness Gym, ढल्कोमा विभिन्न योजनाहरुमा ४५ प्रतिशत सम्मको छुट रहेको छ ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहक ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्न सक्नेछ । यसको विस्तृत विवरण बैंकको वेवसाइट (www.bok.com.np) मा उपलब्ध रहेको जानकारी गरेको छ ।





