२४ वैशाख, हवाना । हवानाको साराटोगा होटलमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु भएको क्युबाली राष्ट्रपति कार्यालयको प्रशासनले जनाएको छ।
क्युबाका राष्ट्रपति मिगुएल डियाज-क्यानेलले साराटोगा होटल दुर्घटनाको सामनामा देखाइएको ऐक्यबद्धताका लागि मित्र राष्ट्रहरूलाई धन्यवाद दिएका छन।
बैठकमा घोषणा गरिएको प्रारम्भिक तथ्याङ्कअनुसार उक्त घटनामा एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु भएको थियो ।
क्युवाली अधिकारीहरूले यसअघि विस्फोटमा परी नौ जनाको मृत्यु भएको र ४० जना घाइते भएको बताएका थिए।





