समाचार

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

३० वैशाख, भादगाउँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन ।

उनले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरेका हुन । सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए। उनले  आम मतदातालाई  उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे । मतदान गर्नुअघि उनले मतदानस्थलको अवलोकन गरेका थिए ।