३० वैशाख, काठमाण्डौ । धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी मावि र ६ नं.वडा कार्यालय मतदान स्थलका तीन वटै केन्द्रको मतदान प्रक्रिया स्थगित भएको छ। लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच मतदान प्रक्रियाको विषयमा भएको विवादले गर्दा केही समयको लागि मतदान कार्य स्थगित गरिएको मतदान केन्द्र(क) का मतदान अधिकृत गणेश एडीले बताए । मतदान कार्य शान्तिपूर्ण वातावरणमा भइरहेको बेला बाहिर गठबन्धन र नेकपा एमालेका प्रतिनिधिहरुले होहल्ला र हुलदंगा गराएपछि सुरक्षाकर्मी परिचलन गर्नु परेको थियो । उक्त विवादलाई सुरक्षाकर्मीहरुद्धारा नियन्त्रणमा लिइ मतदान कार्य रोकिएको हो। । मतदान स्थगित हुनुभन्दा अघिसम्म तीन वटै केन्द्रमा २० प्रतिशत भोट खसेको बताइएको छ ।





