३० वैशाख, राजविराज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आज मतदान गरेका छन् । उनले गृहनगर सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खडकपुरस्थित जनता आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
यस्तै प्रदेश सभासदस्य अभिषेक यादवले पनि सोही केन्द्रबाट मतदान गरे । जनता समाजवादी पार्टीबाट बोदेबर्साइन नगर प्रमुखका उम्मेदवार आतेशकुमार सिंह, नेपाली कांग्रेसबाट दीपेन्द्र यादव, नेकपा (ऐमाले)बाट अनोजकुमार यादव , जनमतबाट थानेश्वर साह, नेकपा(माओवादी केन्द्र)बाट इस्लाम, लोसपाबाट अमरेन्द्र यादव उम्मेदवारी दिएका छन् ।
१० वडा रहेको बोदेवरर्साइन नगरमा कूल मतदाता सङ्ख्या २७ हजार ६५५ रहेको छ । जसमध्ये १४ हजार ३९९ पुरुष तथा १३ हजार २५६ महिला हुन् ।





