प्रदेश 1

धरानमा उपमहानगरमा काँग्रेसका किशोरकाे अग्रता, एमाले दाेस्रोमा, पछ्याउदैछन् स्वतन्त्र उम्मेद्वार साम्पाङ

३१ बैसाख, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालीकाको मेयरमा किशोर राईले अग्रता कायम गरेका छन् ।
सरकार घटक गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका राईले १३,६४८ मत गन्दा ४१ सय २२ मत ल्याई अग्रता कायम गरेका हुन् ।
धरान वडा नम्बर १, २ र ३ को एक एक सय मन गणना गरिएको छ । धरानको वडा नम्बर १ का वडाध्यक्ष यज्ञमणी आचार्य विजय भइसकेका छन् ।
एमालेकी मञ्जु भण्डारी ३३ सय ३८ मतसहित दाेस्रो स्थानमा छिन् भने स्वतन्त्र उम्मेद्वार हर्क साम्पागंले ३३ सय ८ मत पाएर किशोर राई ताेस्राे स्थानमा पछ्याईरहेका छन् ।
अहिलेसम्मकाे मतपरिणाम हेर्दा स्वतन्त्र उम्मेद्वारसँग काँग्रोसका किशोर राईको प्रतिस्पर्धा हुने देखिन्छ । आज गरिएको मतगणमा काँग्रेसको गण भएकाले यसै भन्न नसकिने स्थानीय काँग्रेसजनको तर्क छ । धरानमा २० वडा छन् ।