१ जेठ, काठमाडौं । विराटनगर महानगरपालिकाको प्रमुख पदमा साँझ ८ बजे प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर वुढाथोकीले मतगणना स्थल आदर्श विद्यालयबाट साँझ ८ बजे जारी गरेको सूचनामा १० हजार ५२५ मत गणना गर्दा नेकांका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले तीन हजार २७८, नेकपा (एमाले)का सागर थापाले दुई हजार ३४७ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले एक हजार १७९ मत प्राप्त गरेका छन्।
यसैगरी उपप्रमुख पदमा एमालेकी शिल्पा निराला कार्कीले दुई हजार ७०६, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले एक हजार ७९९, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ७७३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल ९लाल्टिन०ले ६९७ मत प्राप्त गरेका छन् ।





