समाचार

गाडी दुर्घटना हुँदा भरतपुरमहानगर प्रमुख दाहाल घाइते

१३ जेठ, काठमाण्डौ । ललितपुरको जावलाखेलस्थित कुसुन्ती जाने सडकमा आफु चढेको गाडीको टायर पड्किएर भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल घाइते भएका छन ।

उनी सवार गाडीको टायर पड्किँदा गाडी अनियन्त्रित भइ विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । 

उनका अनुसार घाइते दाहालको सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ । उनको टाउकोमा चोट लागेको जनाइएको छ ।