आर्थिक

नबिल बैंकमा आकर्षक सुविधा सहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा

२ असार, काठमाण्डौ । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा’ “Nabil Eco-Friendly Business Loan” जारी गरेको छ ।
फोहोरमैला व्यवस्थापनसंग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु तथा वनविनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरुको वित्तिय आवश्कता पुरा गर्न आकर्षक सुविधा तथा ब्याजदर सहित नयां कर्जायोजना ल्याएको छ । यस कर्जायोजना अन्तर्गत बैंकले साविकको भन्दा शुन्य दशमलब ५ प्रतिशत कममा
कर्जा उपलब्ध गराउनेछ । बैंकले पर्यावरणमैत्री व्यवसायीहरुको व्यवसाय बढाउन मद्दत गर्नको लागि क्षमता अभिवृद्धि कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुविधाहरु प्रदान गरि व्यवसायीहरू माझ वित्तिय पहुचमा जोड दिनेछ । साथै, आफ्ना ग्राहक वर्ग सम्म व्यवसायको उत्पादन र सेवाहरु वितरणलाई सहज बनाउने उदेश्यले “Nabil SME सहकार्य योजनामा ” आबद्ध गराउनेछ ।
“नबिल पर्यावरणमैत्री व्यवसाय कर्जायोजना हाम्रो दिगो बैंकिंग अन्तर्गतको विभिन्न प्रयासहरु मध्यको एक हो, जस अनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मुल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर
स्थापना भएका दिगो तथा पर्यावरण मैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तिय पहुचमा बैंकको साझेदारीलाई झल्काउँछ,”बैंकका SME and MF विभागका प्रमुख निरज कुमार बस्नेत (डनिल) ले बतए । उनका अनुसार बैंकले यस कर्जा योजना अन्तर्गतका ऋणीहरुलाई एक सफल व्यापार उद्यमको रूपमा विकास गर्न ऋणीहरुलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरुमा समावेश गर्नेछ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।