१२ असार, काठमाण्डौ । नागरिक लगानी कोषले कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिव २ लाख ९८ हजार सहभागीहरुलाई कोषको आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष संचालक समितिको यहि असार ११ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । २०७८ असार मसान्तसम्मको बचत रकममा संचित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब
७४ करोड रुपैँया जम्मा हुनेछ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको जनाएको छ ।





