१३ असार, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुनसरीमा प्रशिक्षण दिने भएका छन् ।
उनले असार १६ गते बिहिवार जिल्ला कार्यालय इनरुवामा कार्यक्रम आयोजना गरिने भएको छ।
उक्त कार्यक्रम थापाको आतिथ्यमा हुने नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव माधवबहादुर घिसिंङ र वीरेन्द्रकुमार शाहले एक बिग्यप्तिमार्फत जानकारी गराएका छन् ।
प्रशिक्षण कार्यक्रममा सुन्सरीका काङ्ग्रेसबाट बिजयी भएका मेयर, उपमेयर, वडाध्यक्ष्य, सदस्यलगायतको उपस्थिति हुनेछ ।






