२२ असार, काठमाण्डौ । प्रहरीले लागु औषध सहित दुई जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत यू.पी.जि.मउ कमलसागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान्त भारती र भारत विहार जि.बेतीया पश्चिम चम्पारण डाकघरका २८ वर्षीय सुनिल भारतीलाई पक्राउ गरेको हो । प्रहरीले वीरगञ्ज महानगरपालिका ऐ.वडा नं.२८ बगही गेट नजिक UP70 BK 9955 नम्बरको इन्डिगो मेन्जर कारलाई रोकी चेक जाँच गर्ने क्रममा कारको डिकी र सिटमुनी ९० के.जी. गाँजा बरामद गरेको प्रर्वक्ता प्रल्हाद कार्कीले बताए । कार सहित अभियुक्तहरुलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए ।






