१८ साउन, काठमाडौँ । सन्राइज बैंकले नेस्नल पेमेन्ट स्युच् अन्तर्गत नेपाल पे क्यूआरलाई आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सन्राइज स्मार्टमा एकीकृत गरेको छ ।
आइतबार बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रम बिच बैंकका नायव महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लीयरिङ्ग हाउस लि. का प्रमुख कार्यकारी अधिकृत निलेस मान सिं प्रधानले सँयुक्त रुपमा यो सेवाको शुभारम्भ गरे ।
सन्राइज बैंकका ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी नेपाल पे क्यू आर र्मचेन्टहरुमा सजिलै झुक्तानि गर्न सक्नेछ । साथै, सन्राइज बैंकमार्फत क्यू आर भुक्तानी सेवा लिएका वा लिन चाहने ब्यावसायी हरुले नेपाल पे स्ट्यान्डी प्राप्त गर्न पनि सक्नेछ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले २० हजार भन्दा बढि मर्चेन्ट नेटवर्क, १५९ एटिएम , १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको यस सन्राइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा पनि अग्रणी रहेको छ ।





