आर्थिक

लुप नेटवर्कसले(आइपीओ)जारी गर्दै

७ भाद्र, काठमाण्डौ । लुप नेटवर्कस विगत ६ वर्ष देखि ईन्टरनेट सेवा प्रदायकको रूपमा अवस्थित छ । गत श्रावण ४ गते लुप नेटवर्कस लिमिटेडले नेपाल दुुर संचार प्राधिकरणबाट नेटवर्क सेवा प्रदायकको ईजाजत पत्र प्राप्त गरेको हो । यसै वर्षको अन्त्यतिर लुप नेटवर्कस लिमिटेडले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) जारी गर्दै छ ।
लुप नेटवर्कस लिमिटेडले छिमेकी मुलुक भारत र चीनसँग सिधै ब्याण्डवीथ कनेक्टिभिटी प्राप्त गर्ने भएको छ । नेटवर्कसले ब्याण्डवीथ कनेक्टिभिटीको लागि भारतको नेटवर्कस सेवा प्रदायक कम्पनीAirtel ,TATA र SIGY संग प्रारम्भिक छलफल चलिरहेको लुप नेटवर्कसले जानकारी दिएको छ । साथै नेटवर्कले चाडै सेवा सुचारु गर्ने पनि जनाएको छ । उक्त कार्य पस्चात लुप नेटवर्कस लिमिटेडले स्वदेशी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई गुणस्तरीय ब्याण्डवीथ सुपथ मुल्यमा उपलव्ध गराउन सक्ने दावी गरेको छ । तस पस्चात लुप नेटवर्कस लिमिटेडको कारोबार दुई गुणाले बढ्ने नेटवर्कले अनुमान गरेको छ ।
साथै विगतका दिनहरुमा झै आगामी दिनहरुमा पनि लुप नेटवकर्स लिमिटेडले सस्तो मुल्यमा प्रतिस्पर्धी, गुणस्तरीयर नयाँ योजनाहरु बजारमा ल्याउने कार्यलाई निरन्तर्ता दिईरहेको छ ।