आर्थिक

प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्यायो

१० भाद्र, काठमाण्डौ । प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर
ल्याएको छ ।

यही २०७९ भाद्र ८ का दिन प्रभु क्यापिटल तथा T3 थकाली गुपका बीचमा समझौता भएको छ । यस अफर अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले T3 थकाली ग्रुपका बाट सेवा लिदा १२ प्रतिशत छुट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले CHECK OUT या BILL Payment गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ ।
समझौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले T3 थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्नसकिने कम्पनीले जनाएको छ ।

नेपाली पुँजी बजारमा Video KYC मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ ।