१६ भाद्र, काठमाण्डौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव शून्य आठ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव २९ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६६ अङ्कले ओरालो लागेर तीन सय ८३ दशमलव ९३ मा पुगेको छ । कुल दुई सय २५ कम्पनीका ३९ लाख ५५ हजार आठ सय ८६ कित्ता शेयर रु एक अर्ब ३८ करोड ३४ लाख ६२ हजार एक सय ६२ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीबार छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने सात उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ दुई दशमलव १९, व्यापार छ दशमलव ८१, उत्पादन तीन दशमलव ३४, अन्य २८ दशमलव ६३, सामूहिक लगानी कोष शून्य दशमलव शून्य एक, लगानी शून्य दशमलव ११ अङ्कले ओरालो लागेको छ ।
यस्तै होटल तथा पर्यटन २४ दशमलव ८३, विकास बैंक सात दशमलव २१, जलविद्युत् १० दशमलव ३८, वित्त २१ दशमलव ६८, निर्जीवन बीमा ६२ दशमलव १४, लघुवित्त एक दशमलव ६९ र जीवन बीमा ५४ दशमलव ८१ अङ्कले उकालो लागेको छ । आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब २९ अर्ब चार करोड १५ लाख ७६ हजार एक सय ६७ बराबर रहेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु १२ करोड २७ लाख पाँच हजार छ सय ५६ बराबरको कारोबार भयो । यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स रु पाँच करोड ६५ लाख ५४ हजार सात सय ८१, नेष्डो समृद्धि लघुवित्त रु चार करोड ८ लाख ६५ हजार पाँच सय ४०, रिडी हाइड्रोपावर रु चार करोड १६ लाख ६३ हजार सात सय ९७ र अरुण काबेली पावरको रु तीन करोड ८२ लाख ८३ हजार चार सय ७७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।
नेप्सेका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । अप्पर हेवा खोला हाइड्रोपावर छ दशमलव ५८, माहुली लघुवित्त पाँच दशमलव ५८, सप्तकोसी डेभलपमेन्ट बैंक पाँच दशमलव २२ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले तीन दशमलव ८२ प्रतिशतले कमाएका छन् ।
त्यस्तै राप्ती हाइड्रो चार दशमलव ३८, गणपति लघुवित्त चार दशमलव शून्य एक, मैलुङखोला जलविद्युत् कम्पनी तीन दशमलव ६७, एनआइबीएल समृद्धि फण्ड दोस्रो तीन दशमलव १३ र नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले तीन प्रतिशतले गुमाएका छन् ।





