आर्थिक

गोल्डेन ओक १२ औं कृति अवार्डस्मा उत्कृष्ट मनोनयनहरुको घोषणा

१७ भाद्र, काठमाण्डौं, । नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको गोल्डेन ओक १२औं कृति अवार्डस २०७९ को विभिन्न ३१
वटा विधामा परेको ४२५ मनोनयनहरु मध्ये हरेक विधामा उत्कृष्टताको उच्चतम ५ वटासम्मका मनोनयनहरु होटल याक
एण्ड यतिमा आयोजित भव्य समारोह विच घोषणा गरिएको छ ।

उक्त कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मिहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

विज्ञापन व्यवसायि, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मिहरुको साझा कार्यक्रम गोल्डेन ओक १२औं कृति अवार्डस २०७को तिन शिर्षक मध्य मेनस्ट्रिम अन्तगर्तका विधाहरुमा उत्कृष्ट–५, तथा टेक्निकल र क्याम्पेन शिर्षक अन्तगर्तका विधाहरुमा उत्कृष्ट–३/३ छनौटहरुको आज घोषणा गरिएको हो । यस गोल्डेन ओक १२औं कृति अवार्डस्मा ३१ वटा विधामा ४५ वटा एजेन्सीहरुले ४२५ वटानोमिनेसन दर्ता गराएका थिए । गोल्डेन ओक १२औं कृति अवार्ड २०७९को मुख्य प्रायोजकमा गोल्डेन ओक, पावर बाइमा बाल्ट्रा र डिस होम रहेको छ । त्यसै गरी कार्यक्रमको अन्य प्रायोजकहरुमा बैंकिङ्ग पार्टनरका रुपमा मुक्तिनाथ विकास बैक लि., ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टेड वाईमा आइ.टि.पि.एफ., प्रभु बैक, सफ्टि हाइजिन, सेल पे, र राष्ट्रिय बाणिज्य बैंक रहेका छन् ।

गोल्डन ओक १२औं कृति अवार्डस २०७९को मुल समारोह होटल सोल्टिमा भाद्र २५ गते शनिवार हुदैंछ । कृतिको टप फाइभ नोमिनेसनको कार्यक्रमको प्रायोजन अनलाइन खवर डट कम र हिमालय टिभि एचडिले गरेका थिए । कार्यक्रममा बाहौं कृतिका ट्राभल पार्टनर—गुरु ट्राभल्स र आन बिच सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।